ad ad

ग्लोबल


चीनले किन भन्यो– अमेरिकाले औंला उठाएको सह्य छैन?

चीनले किन भन्यो– अमेरिकाले औंला उठाएको सह्य छैन?

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन


नेपालखबर
फागुन ८, २०७९ सोमबार ८:५५, काठमाडौँ

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेन युद्धलाई ध्यानमा राख्दै चीनले रुसलाई हतियार र गोलाबारुद दिने विचार गरिरहेको बताएका छन्।

एन्टोनी ब्लिन्केनले सीबीएस न्युजलाई दिएको अन्तर्वार्तामा भने, ‘चिनियाँ कम्पनीहरूले रुसलाई सहयोग गरिरहेका छन्। यो सहायता यस्तो थियो कि जसबाट कुनै किमिसका विध्वंश वा विनाश हुँदैन। तर अब नयाँ जानकारी बाहिर आएको छ, चीनले अब रुसलाई हतियार वा विनाशकारी गोलाबारुद उपलब्ध गराएर सहयोग गर्न सक्ने देखिन्छ।’

ब्लिन्केनले चीनले यस्तो गरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। 

रुसले सैन्य हतियार माग गरेको भनिएको समाचारलाई चीनले अस्वीकार गरेको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एकअर्काका सहयोगी हुन्। चिनफिङले रुसले युक्रेनमा गरेको आक्रमणको अहिलेसम्म निन्दा गरेका छैनन्।

यद्यपि उनले यस विषयमा शान्तिका लागि अपिल गरेका छन्।

रुसले युक्रेनमा आक्रमण सुरु गरेको एक वर्ष भइसकेको छ।

चीनको विदेश मन्त्रालयले रुससँगको सम्बन्धका विषयमा अमेरिकाले औंला उठाउने कार्य सह्य नहुने चेतावनी दिएको छ।

ब्लिन्केनले म्युनिख सुरक्षा सम्मेलनमा चिनियाँ कूटनीतिज्ञ वाङ यीलाई भेटेका थिए र त्यसपछि मात्र उनले सीबीएसलाई दिएको अन्तर्वार्तामा चीन-रुसबारे टिप्पणी गरे। 

यसअघि पनि जासुसी बेलुनका विषयमा अमेरिका र चीनबीचको सम्बन्धमा तनाव आएको थियो।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि बेलुनका कारण आफ्नो चीन भ्रमण रद्द गरेका थिए। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .