पाकिस्तानको क्वेटाबाट पेशावर गइरहेको एउटा यात्रुवाहक रेलमा बिहीबार विस्फोट भएको छ।
बीबीसीका अनुसा यस विस्फोटमा कम्तीमा पनि २ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन्।
समाचार अनुसार रेलको चौथो डिब्बामा बम विस्फोट भएको हो। पाकिस्तान रेल्वेका अनुसार मारिनेमा एकजना महिला पनि छन्।
सुरुवाती विवरण अनुसार विस्फोटको कारण ग्यास चुहावट बताइएको छ। तर पुलिसले यस घटनाको जाँच भइरहेको जनाएको छ।
33
Shares

प्रतिक्रिया