अमेरिकाले अलास्का राज्यमाथिको आकासमा शुक्रबार पहिचान नखुलेको एक वस्तु खसाएको छ। राष्ट्रपति जो बाइडेनको आदेशमा सो वस्तु खसाइएको ह्वाइट हाउसले बताएको छ।
अमेरिकी सेनाले चिनियाँ बेलुन फुटाएको एक सातापछि अर्को वस्तु पनि खसाएको हो।
यो नयाँ वस्तु सानो कारजत्रै भएको र त्यसले नागरिक उड्डयनमा खतरा पैदा गरेको ह्वाइट हाउसका प्रवक्ता जोन कर्बीले बताएका छन्।
सो वस्तु ४० हजार फिटमाथि रहेको उनले बताए।
प्रतिघण्टा ६४ किलोमिटरसम्मको गतिमा त्यो वस्तु उडिरहेको उनले जानकारी दिए। बरफमाथिबाट खसेको वस्तु उठाउन हेलिकोप्टरहरु खटाइएको छ।
त्यसपटक अमेरिकाले सो वस्तु खसाउन अत्याधुनिक लडाकु विमान एफ–२२ प्रयोग गरेको थियो। सो विमानले साइडविन्डर क्षेप्यास्त्र हानी सो वस्तु खसाएको हो।
सो वस्तु खसेको ठाउँ क्यानडाको सीमाबाछ १३० माइल टाढा पर्छ।
एक साताअघि साउथ क्यारोलाइनाको किनारानजिकै समुद्रमा बेलुन खसाएपछि चीनले कडा प्रतिक्रिया दिएको थियो।
बेलुन खसाएलगत्तै अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले चिनियाँ समकक्षीलाई संकटकालीन विशेष फोनलाइन मार्फत कल गरेका थिए।
तर, चिनियाँ रक्षामन्त्री वेइ फेङहेले फोन उठाउन अस्वीकार गरेको पेन्टागनले जनाएको छ। एजेन्सी
Shares
प्रतिक्रिया