ad ad

ग्लोबल


नवनियुक्त ताइवानी राष्ट्रपतिले चीनलाई भने : धम्क्याउन बन्द गर्नुस्

नवनियुक्त ताइवानी राष्ट्रपतिले चीनलाई भने : धम्क्याउन बन्द गर्नुस्

नेपालखबर
जेठ ७, २०८१ सोमबार १७:५,

ताइवानका नवनियुक्त राष्ट्रपति विलियम लाइले टापुलाई नधम्क्याउन चीनलाई आह्वान गरेका छन्। उनले लोकतन्त्रको अस्तित्व स्वीकार्न पनि आग्रह गरे।

सोमबार शपथलगत्तै उनले बेइजिङलाई मुठभेड छाडेर संवाद गर्न आग्रह गरेका हुन्।

ताइवान धाकधम्कीका अघि कहिल्यै नझुक्ने उनको भनाइ छ। 

जवाफमा चीनले ताइवानको स्वतन्त्रता असम्भव रहेको बताएको छ।

‘ताइवानको स्वतन्त्रताको प्रयास असफल हुन अभिशप्त छ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भने।

चीन राष्ट्रपति लाइ र उनको पार्टी डीपीपीलाई मन पराउँदैन। उनले खुलेआम ताइवान स्वतन्त्रताको आह्वान गर्दै आएका छन्। तर, शपथ समारोहमा उनी केही नरम रुपमा प्रस्तुत भएका थिए।

२०२० देखि उपराष्ट्रपति रहेका लाइले जनवरीमा भएको चुनावमा जित हात पारेका थिए। 

लाइले शपथ लिँदै गर्दा चीनको व्यापार मन्त्रालयले ताइवानलाई हतियार बेच्ने कयौँ अमेरिकी कम्पनीहरुमाथि प्रतिबन्ध लगाएको छ। 

केही समययता चीनले ताइवाननजिक सैन्य गतिविधि बढाएको छ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .