ग्लोबल


‘जासुसी बेलुन’ झार्ने अमेरिकी कदमबारे चीनले भन्यो : आफ्नो जित देखाउने ‘राजनीतिक स्टन्ट’

‘जासुसी बेलुन’ झार्ने अमेरिकी कदमबारे चीनले भन्यो : आफ्नो जित देखाउने ‘राजनीतिक स्टन्ट’

नेपालखबर
माघ २२, २०७९ आइतबार ११:३२, काठमाडौँ

चीनले ‘जासुसी बेलुन’लाई फाइटर जेट प्रयोग गरेर एटलान्टिक महासागरमा खसाल्ने अमेरिकी कदमलाई राजनीतिक स्टन्ट भनेको छ। यसबारेमा उचित प्रतिक्रिया दिने पनि चीनले उल्लेख गरेको छ। 

चीनको विदेश मन्त्रालयले अमेरिकामा आफ्नो 'असैन्य एयरसिप' अर्थात कथित ‘जासुसी बेलुन’लाई बल प्रयोग गरेर खसालेकोमा असन्तोष जनाउँदै कडा विरोध प्रकट गरेको छ।

चीनले अमेरिकाको कारवाहीलाई 'राजनीतिक स्टन्ट'को संज्ञा दिएको छ। यसबारेमा चीनले आवश्यकभन्दा धेरै प्रतिक्रिया अमेरिकाले दिइरहेको जनाएको छ।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले विदेश मन्त्रालयको भनाइ राख्दै एक ट्वीट गरेकोछ।

'अमेरिकाले आवश्यकभन्दा धेरै प्रतिक्रिया दिएर अन्तरराष्ट्रिय परम्पराको गम्भीर उल्लंघन गरेको छ', ग्लोबल टाइम्समा भनिएको छ, 'चीन आफ्नो हित र सम्बन्धित कम्पनीका वैध अधिकारीको बलियोसँग रक्षामा उत्रिनेछ।'

चिनियाँ विदेश मन्त्रीको भनाइ उद्धृद गर्दै ग्लोबल टाइम्सले लेखेको छ, 'हामी यसबारे आगामी दिनमा आवश्यक प्रतिक्रिया दिनेछौँ।'

आफ्नो यसअघि ट्विटमा ग्लोबल टाइम्सले चीनले स्पष्टसँग  अमेरिकालाई यस मामिलामा संयमता अपनाउँदै शान्तिपूर्ण तरिकाबाट समाधान खोज्नुपर्ने उल्लेख गरेको थियो। 'तर अमेरिकाले शक्तिको प्रयोग गरेको छ। स्पष्ट छ अमेरिका यसबारे आवश्यकभन्दा धेरै प्रतिक्रिया दिइरहेको छ', ग्लोबल टाइम्समा भनिएको छ। 

ग्लोबल टाइम्सले अझै अगाडि बढेर अमेरिकी कदमलाई राजनीतिक स्टन्ट भनेको छ। 'आखिर आफ्नो 'जित' देखाउन यो अमेरिकाले गरेको एउटा राजनीतिक स्टन्ट हो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .