केही दिनयता अमेरिकी आकाशमा एउटा शंकास्पद बेलुन उडिरहेको पाइएको छ। त्यो चीनको भएको दाबी गर्दै अमेरिकाले अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ।
अमेरिकी रक्षा विभागले ‘यो निगरानी बेलुन’ चीनको हो भन्नेमा आफू विश्वस्त भएको दाबी गरेको छ।
बीबीसीका अनुसार दुई दिनअघि बुधबार मात्र अमेरिकाको पश्चिमी राज्य मोन्टानामा यो बेलुन उडिरहेको भेटिएपछि उडान बन्द गर्नुपरेको थियो।
अमेरिकी अधिकारीहरूले यो बेलुन मोन्टानामा देखा पर्नुअघि अलास्काको अलेउटियन टापु र क्यानडामा देखिएको बताएका छन्।
तर त्यसलाई खसाल्दा त्यो भित्र के होला भन्ने चिन्ताले सेनाले नखसाल्ने निर्णय गरेको बताइएको छ।
चीनले भने यस बेलुनका विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यस विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि जानकारी भइसकेको छ।
नाम नछाप्ने सर्तमा एक सैन्य अधिकारीले राष्ट्रपतिले यो बेलुन खसाल्ने आदेश दिएमा यसका लागि एफ–२२ लगायतका केही लडाकु विमान तयार राखिएको बताएका छन्।
प्रतिक्रिया