ad ad

समाज


ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

फाइल।


नेपालखबर
माघ २०, २०७९ शुक्रबार १०:१०, काठमाडौँ

झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोकिँदा आज बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा ना३ख ८३११ नंका चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका छन्। सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए।
 

उनका अनुसार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरको ना ६ ख ८८९५ नंको ट्रकलाई पछाडिबाट जाँदै गरेको ना३ख ८३११ नंको ट्रकले ठक्कर दिएको थियो। सोही ठक्करबाट चौधरी र सहचालकको मृत्यु भएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .