ग्लोबल


पाकिस्तानमा फेरि बढ्दै विस्फोटको श्रृंखला, सोमबार एकैदिन ५९ जना मारिए

पाकिस्तानमा फेरि बढ्दै विस्फोटको श्रृंखला, सोमबार एकैदिन ५९ जना मारिए

बम आक्रमणपछि क्षतिग्रस्त मस्जिद क्षेत्र। तस्बिर : डन अनलाइन


नेपालखबर
माघ १७ , काठमाडौँ

पाकिस्तानमा फेरि बम आक्रमणका श्रृंखला बढ्न थालेका छन्। केही वर्षसम्म शान्त देखिएको पाकिस्तानमा अतिवादीहरुले टाउको उठाएसँगै विस्फोटका घटना पनि बढेका हुन्। 

पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा नमाज पढिरहेका पुलिसकर्मीमाथि सोमबार बम आक्रमण हुँदा कम्तीमा पनि ५९ जना मारिएका छन्। 

यो मस्जिद पुलिस मुख्यालय इलाकामा रहेको थियो। त्यहाँ सबैभन्दा कडा सुरक्षा व्यवस्था गरिएको हुन्छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले  घटनापछि भने, 'आतंकवादी पाकिस्तानको रक्षा गर्नेहरुमाथि निशाना बनाएर डर बढाउन चाहन्छन्।'

शुरुवातमा पाकिस्तानी तालिबानका एक कमान्डरले यस घटनाको जिम्मेवारी लिएका थिए। तर केही समयपछि यो संगठनले बम हमलामा संलग्नता इन्कार गरेको छ। 

यो चरमपम्थी समूहले गत नोभेम्बरमा पाकिस्तानसँग युद्धविराम भंग भएको घोषणा गरेसँगै हिंसाका घटना बढिरहेका छन्। 

यसअघि डिसेम्बरमा पेशावरको एक पुलिस कार्यालयमा बम हमला भएको थिय।

सोमबारको हमलामा ५९ जना मारिएको स्थानीय अस्पतालका प्रवक्ताले बताएका छन्। यो हमलामा थप १५७ जना गम्भीर घाइते भएका छन्। 

पेशावरका पुलिस प्रमुख मोहम्मद एजाज खानले स्थानीय सञ्चारमाध्यमलाई बताए अनुसार  घटनाको समय त्यस क्षेत्रमा ३ सयदेखि ४ सयको संख्यामा पुलिस तैनाथ थिए।

मस्जिद रहेको क्षेत्र शहरको सबैभन्दा कडा सुरक्षा भएको मानिन्छ। यहाँ पुलिस मुख्यालय, जासुसी विभाग र आतंकवाद विरोधी ब्यूरोको कार्यालय पनि छ।

शरिफले हमलामा जसको संलग्नता भए पनि यसमा उनीहरुको ‘इस्लामसँग कुनै लेनदेन नरहेको’ बताएका छन्। 

उनले अगाडि भनेका छन्, 'आतंकवादको खतराविरुद्ध देश एकजुट छ।' सोमबार स्थानीय समयअनुसार दिउँसो १ बजेर ३० मिनेटमा मस्जिदमा शक्तिशाली बम आक्रमण भएको थियो। 

माघ १७, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.