ग्लोबल


इरानको सैन्य कारखानामा ड्रोन हमला, अमेरिका भन्छ : इजरायलको संलग्नता

इरानको सैन्य कारखानामा ड्रोन हमला, अमेरिका भन्छ : इजरायलको संलग्नता

नेपालखबर
माघ १६ , काठमाडौँ

अमेरिकी अधिकारीले आइतवार मध्यराति इरानको एक सैन्य कारखानामा भएको ड्रोन हमलामा इजरयालको संलग्नता हुन सक्ने बताएका छन् 

इरानले इस्फहान शहरनजिकै सैन्य उद्योगलाई लक्षित गरी गरिएको यस ड्रोनलाई इन्टरसेप्ट गरिएको बताएको छ। यस हमलामा कसैको ज्यान गएको छैन, चोट लागेकाहरु पनि गम्भीर छैनन्। 

स्थानीय सञ्चारमाध्यमका अनुसार सार्वजनिक एक फुटेजमा आकाशमा एक फ्ल्यास देखिएको छ। त्यहीबेला घटनास्थलमा केही आपत्कालीन गाडी पनि देखिएका थिए। 

तर यस घटनाबारेमा अहिलेसम्म इजरायलले केही प्रतिक्रिया दिएको छैन। 

इरानको समूहविरोधी इजरायलले लामो समयदेखि यदि कूटनीतिक जगतले तेहरानको परमाणु या मिसाइल कार्यक्रममा अंकुश नलगाउने हो भने उसमाथि सैन्य हमला गर्न सक्ने चेतावनी दिँदै आएको छ।

अमेरिकी रक्षा विभाग पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट्रिक राइडरले इरानमाथि भएको यस हमलामा आफूहरुको कुनै संलग्नता नरहेको जनाएको छ।

समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै एक अमेरिकी अधिकारीले इरानमाथि भएको यो हमलामा इजरायल संलग्न रहेको बताएका छन्। 

माघ १६, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.