नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा पर्दछ।
पाठेघर मुखको क्यान्सर हुने प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को संक्रमणले गर्दा हुन्छ। यसको संक्रमण मुख्यतः यौन सम्पर्कबाट हुन्छ ।
पाठेघर मुखको क्यान्सरको जोखिम कसलाई बढी?
–पटक–पटक गर्भपतन गराउनु
–धेरै जनासँग असुरक्षित यौन सम्पर्क राख्नु
–कम उमेरमा बिहे वा सानैदेखि यौनसम्पर्क हुनु
–कम उमेरमा बच्चा जन्माउनु
–धेरै बच्चा जन्माउनु
–धूमपान गर्नु
लक्षणहरु
–यौन सम्पर्क गर्दा रगत देखिनु
–योनिबाट अनियमित रगत बग्नु
–सेतो गन्हाउने पानी आउनु,
–तल्लो पेट दुखिरहनु
–दिसापिसाब गर्दा अप्ठ्यारो हुनु ढाड दुख्नु, बढी थकाइ लाग्नु तौल घट्दै जानु
रोकथाम तथा उपचार
–सरकारले ३० वर्ष माथिका सबै महिलाहरूले नियमित पाठेघरको मुखको परीक्षण गराउनुपर्दछ ।
–सरकारी स्वास्थ्य संस्थामा भीआइए प्रविधिबाट पाठेघर मुखको क्यान्सरको परीक्षण निःशुल्क उपलब्ध छ ।
–एचपीभीविरुद्धको खोप लगाएर पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ ।
–प्रारम्भिक चरणमै रोग पहिचान भएमा पाठेघरको मुखको क्यान्सर हुनबाट जोगिन्छ ।
प्रतिक्रिया