शनिवार भारतीय वायुसेनाका दुई फाइटर जेट उडिरहेका समयमा जुधेर दुर्घटनाग्रस्त भएका छन्।
शक्तिशाली मानिने फाइटर जेट सुखोई-३० र मिराज २००० एकआपसमा जधेर दुर्घटना भएको हो।
समाचार अनुसार दुवै फाइटर तीव्र गतिमा उडिरहेका थिस। त्यही बेला एकापसमा जुधेका यी जहाज भुइँमा खसेर भीषण आगो लागेको थियो।
यी दुई जहाजको भग्नावाशेष ९० किलोमिटर वरपर एउटाको मध्य प्रदेशको मुरैना अर्काको राजस्थानको भरतपुर भेटिएको छ।
इन्डियन एयरफोर्सका अधिकारीहरुका अनुसार सुखोई विमानका दुवै पाइलट सुरक्षित रुपमा बाहिर निस्किन सफल भएका छन्। अर्कातिर मिराजका पाइलटको ज्यान गएको छ।
यस घटनाबारे भारतीय वायुसेनाले दुई लडाकु विमान शनिबार बिहान ग्वालियरनजिकै दुर्घटनाग्रस्त भएको जनाएको छ। यी विमान रूटिन तालिमका क्रममा थिए।
घटनाको कारण पत्ता लगाउनका लागि भारतीय वायुसेनाले जाँच आदेश दिएको छ।
आमरुपमा आकाशमा दुई विमान जुध्नुको कारण मानवीय कमजोरी मानिन्छ। जसमा पहिलो एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमान्नु, अर्को पाइलटको गल्तीलाई पनि मानिन्छ।
प्रतिक्रिया