ad ad

ग्लोबल


इरानमा दुई दिनमा तीन सडक दुर्घटना : ९ जनाको मृत्यु, २० घाइते

इरानमा दुई दिनमा तीन सडक दुर्घटना : ९ जनाको मृत्यु, २० घाइते

नेपालखबर
माघ १४, २०७९ शनिबार २०:२७, काठमाडौँ

इरानको दक्षिणपूर्वी प्रान्त केरमानमा शनिबार एक इन्टरसिटी सडकमा सवारी सवारीसाधनहरू एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु हुनाका साथै अन्य १३ जना घाइते भएको आईआरआईबी समाचार एजेन्सीले जनाएको छ।

करमान शहरबाट सिरजान शहर जाने सडकमा दुईवटा सेमी-ट्रेलर ट्रक र पाँचवटा सेडान एक आपसमा ठोक्किँदा ती दुर्घटना भएको आईआरआईबीले देशको आपतकालीन सेवाका प्रवक्ता मोजताबा खालेदीलाई उद्धृत गर्दै जनाएको छ।

उनले दुर्घटनाको कारण सडकको चिसो अवस्था रहेको भन्दै घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको पनि  बताएका छन्।

शनिबार बिहान पनि उत्तरपूर्वी प्रान्त खोरासान रजावीमा सडकमा तीनवटा सवारीसाधनको ठक्करबाट तीन जनाको मृत्यु हुनाका साथै अन्य चारजना घाइते भएको आईआरआईबीले प्रान्तको रेड क्रिसेन्ट सोसाइटीका प्रमुख मोहसेन जाकेरियनलाई उद्धृत गर्दै  जनाएका छन्।

एकापसमा ठोक्किएपछि तीनवटा कारमा आगो लागेको र पूरै जलेको उनले  जानकारी दिएका छन्।

यसैगरी शुक्रबार राति उत्तरपश्चिमी प्रान्त कुर्दिस्तानमा बस र मिनीबस ठोक्किँदा भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको  प्रान्तीय रेड क्रिसेन्ट सोसाइटीका प्रमुख पायम जलालीलाई उद्धृत गर्दै आईआरआईबीले बताएको छ।

आधिकारिक तथ्याङ्कले इरानमा वार्षिक २०  हाजरभन्दा बढी मानिसको सडक दुर्घटनामा मृत्यु हुने र दुईलाख भन्दा बढी घाइते हुने गरेको देखाएको छ।

दुर्घटनामा सवारी चालकको अनुभवको कमी र सडकको कमजोर मर्मतसम्भार मुख्य कारण हुने अनुसन्धानले देखाउँने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .