चन्द्रमामा पहिलो पाइला कसले राख्यो?
तपाईंले जवाफमा भन्नुहुनेछ– निल आर्मस्ट्रङ।
तर दोस्रो पाइला कसले राख्यो भनेर सोध्ने हो भने सायद कमै व्यक्तिले मात्र सही जवाफ दिनेछन्– बज एल्ड्रिन।
अहिले यो कुरा किन?
किनभने सन् १९६९ मा एपोलो ११ मा निल आर्मस्ट्रङसँग चन्द्रमामा गएका अन्तरिक्ष यात्री बज एल्ड्रिनले चौथो विवाह गरेका छन्।
बज एल्ड्रिनले यो विवाह ९३ वर्षको उमेरमा विवाह गरेका हुन्। बज एल्ड्रिनले यो विवाह लस एन्जलसमा गरेका हुन्।
बज एल्ड्रेनले आफू र आफ्नी नयाँ दुलही एनका युवाजस्तै उत्साही रहेको बताए।
डा. एन्का ६३ वर्षकी छिन् र केमिकल इन्जिनियरिङमा पीएचडी गरेकी छन्। हाल उनी एल्ड्रिनको कम्पनीमा कार्यकारी उपाध्यक्ष छन्।
बज चन्द्रमामा पाइला टेकेका चार व्यक्तिमध्ये एक मात्र जीवित व्यक्ति हुन्।
बज एल्ड्रिनले ट्विट गर्दै भनेका छन्, ‘मेरो ९३औं जन्मदिनमा लामो समयदेखि प्रेम गर्ने डा. आन्का फोर र मबीच विवाह भएको घोषणा गर्न पाउँदा म धेरै खुसी छु।’
Shares

प्रतिक्रिया