ग्लोबल


अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री बने राजदूत

अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री बने राजदूत

नेपालखबर
पुस ५, २०७९ मंगलबार १०:३६, काठमाडौँ

अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड अमेरिकाको लागि राजदूतमा नियुक्त भएका छन्।

पछिल्लो समय चीनको बढ्दो प्रभावसँगै अमेरिकासँग सुरक्षा सहकार्य बढाइरहेको अष्ट्रेलियाले पूर्वप्रधानमन्त्रीलाई राजदूतको रुपमा अघि सारेको हो। 

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले रुड चीनको मामिलाबारे जानकार रहेको र उनले आफ्नो भूमिकालाई न्याय दिन आफ्नो महत्वपूर्ण अनुभवको प्रयोग गर्ने विश्वास व्यक्त गरेका छन्। 

‘केभिन रुड एक असाधारण नियुक्ति हो’, उनले भने।

अष्ट्रेलियाका विदेशमन्त्री  पेनी वोङको चीन भ्रमणपूर्व अष्ट्रेलियाले रुडलाई अमेरिकी राजदूत बनाएको हो। प्रधानमन्त्री अल्बानिजले पूर्व प्रधानमन्त्री र विदेशमन्त्री रहिसकेका व्यक्तिले राजदूतको पद स्वीकार गर्दै महत्वपूर्ण योगदान दिएको उल्लेख गरेका छन्।

मन्दारिनमा राम्रोसँग बोल्न सक्ने रुडले सन् २०१३ मा राजनीति छाडेयता चीन सम्बन्धको विषयमा बोल्दै र लेख्दै आएका छन्। 

अष्ट्रेलियाले गत सेप्टेम्बरमा पूर्वविदेशमन्त्री स्टेफन स्मिथलाई बेलायतको राजदूतको रुपमा नियुक्त गरेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad