ग्लोबल


युक्रेन वार्ताका लागि रुसले मानेन बाइडेनको शर्त

युक्रेन वार्ताका लागि रुसले मानेन बाइडेनको शर्त

नेपालखबर
मंसिर १७ , काठमाडौँ

 रुसले शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन वार्ताका लागि राखेका शर्त अस्वीकार गरेको छ।

‘राष्ट्रपति बाइडेनले पुटिनले युक्रेन छोडेपछि मात्र वार्ता सम्भव छ’, भन्ने आशय राखेर अगाडि सारेका शर्त रुसका लागि स्वीकार्य नरहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई  बताएका छन्।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको भ्रमणको क्रममा राष्ट्रपति बाइडेनले बिहीबार रुसले वास्तवमै युद्ध अन्त्य गर्न चाहेको भए आफू वार्ता गर्न इच्छुक रहेको बताएका थिए।

‘यस युद्धको अन्त्यको लागि एउटा तरिका छ– तर्कसंगत तरिका।  त्यो के हो भने रुस युक्रेनबाट बाहिरिने हो’ राष्ट्रपति बाइडेनले उल्लेख गरेका छन्।

पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार पत्रकारहरूलाई भने कि क्रेमलिन कब्जा गरिएको युक्रेनी क्षेत्रहरू छोड्न तयार छैन तर ‘हाम्रो लक्ष्यहरू प्राप्त गर्न वार्ताका लागि खुला छ’, मस्को टाइम्सले उल्लेख गरेको छ।

पेस्कोभले भने, ‘संयुक्त राज्यले अझै पनि नयाँ क्षेत्रलाई रूसी संघको हिस्साको रूपमा मान्यता दिँदैन।’

‘निस्सन्देह यसले सम्भावित छलफलका लागि केही प्रकारको पारस्परिक आधारको खोजीलाई महत्त्वपूर्ण रूपमा जटिल बनाउँछ’, उनले थपेका छन्।

बाइडेनले आफ्ना नेटो सहयोगीहरूसँग परामर्श गरेपछि ‘पुटिनसँग बसेर उनको दिमागमा के छ भनेर हेर्न पाउँदा खुसी हुने’ बताएका छन्।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले भने, ‘यदि वास्तवमा उनी युद्ध अन्त्य गर्ने उपाय खोज्दैछन् भन्ने निर्णय गर्ने रुचि छ भने म पुटिनसँग कुरा गर्न तयार छु। उनले अहिलेसम्म त्यस्तो गरेका छैनन्।’

म्याक्रोँले वाशिङ्गटनको भ्रमण पछि पुटिनसँग फेरि कुरा गर्ने बताएका छन्।

बाइडेन र म्याक्रोँ दुवैले रुस विरुद्धको लडाइँमा युक्रेनलाई दीर्घकालीन सहयोग गर्ने वाचा गरेका थिए। रासस/एएनआई

मंसिर १७, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.