ग्लोबल


अमेरिकी अदालतद्वारा प्रविधि चोरीको ‘कसुर’मा चिनियाँ गुप्तचर अधिकारीलाई २० वर्ष जेल सजाय

अमेरिकी अदालतद्वारा प्रविधि चोरीको ‘कसुर’मा चिनियाँ गुप्तचर अधिकारीलाई २० वर्ष जेल सजाय

प्रतिकात्मक तस्बिर


नेपालखबर
मंसिर १, २०७९ बिहिबार १७:५५, वासिङ्टन

अमेरिकी अदालतले अमेरिकी र फ्रान्सेली एयरोस्पेस फर्मबाट प्रविधि चोरी गरेको कसुरमा एक चिनियाँ गुप्तचर अधिकारीलाई बुधबार २० वर्षको जेल सजाय सुनाएको छ। 

विश्वको अग्रणी विमान इन्जिन निर्मातामध्येको एक ‘जीई एभिएसन’ र इन्जिन विकासमा जीईसँग काम गरिरहेको फ्रान्सको सफ्रान समूहबाट व्यावसायिक गोपनीयता चोरी गर्न चिनियाँ राज्य समर्थित पाँच वर्षीय योजनामा प्रमुख भूमिका खेलेको आरोप अभियुक्त जु यान्जुनमाथि लगाइएको थियो। 

सन् २०१८ को अक्टोबरमा ओहायोको सिनसिनाटीस्थित संघीय अदालतमा जीई एभिएसनमा मुद्दा दायर गरिएका दुई गुप्तचर अधिकारीसहित ११ जना चिनियाँ नागरिकमध्ये उनी एक थिए। 

चीनको विदेश मन्त्रालयले बिहीबार शुविरुद्ध लगाइएको आरोपलाई ‘विशुद्ध बनावटी’ भनेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भने, “हामी अमेरिकालाई कानुनअनुसार निष्पक्ष रूपमा मुद्दा चलाउन र चिनियाँ नागरिकको वैध अधिकार र हितको रक्षा गर्न आग्रह गर्द छौं।

चीनको राज्य सुरक्षा मन्त्रालयका गुप्तचर अधिकारीलाई अप्रिल २०१८ मा बेल्जियममा पक्राउ गरिएको थियो । 

उनलाई संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गरिएको थियो । उनलाई नोभेम्बर ५, २०२१ मा आर्थिक जासूसीको प्रयास, व्यापार गुप्त चोरीको प्रयास र दुई सम्बन्धित षडयन्त्रको अभियोगमा दोषी ठहर गरिएको थियो ।

न्याय मनत्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जुले अमेरिकी उड्डयन कम्पनीहरूलाई निशाना बनाएका थिए, चीन भ्रमणका लागि कर्मचारी भर्ती गरेका थिए र चीनको सरकारका तर्फबाट उनीहरूको स्वामित्वको जानकारी मागेका थिए ।

ओहायोका संघीय अभियोजक केनेथ पार्करले भने, “यो घटनाले स्पष्ट सन्देश दिएको छ : हामी अमेरिकी व्यापार गोपनीयता चोर्न खोज्ने जो कोहीलाई पनि जवाफदेही बनाउनेछौं। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad