ग्लोबल


पोल्याण्डमा खसेको रुसी मिसाइल युक्रेनले हानेको अमेरिकी अधिकारीको दावी

पोल्याण्डमा खसेको रुसी मिसाइल युक्रेनले हानेको अमेरिकी अधिकारीको दावी

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार १८:३३, काठमाडौँ

पोल्याण्डको भूमिमा खसेको मिसाइल युक्रेनी सेनाले हानेको दाबी वरिष्ठ अमेरिकी अधिकारीले गरेका छन्। 

एसोसिएट प्रेस एजेन्सीले प्रकाशित गरेको समाचार अनुसार तीन अमेरिकी अधिकारीले उक्त मिसाइल युक्रेनबाट हानिएको हो। 

मंगलवार पोल्याण्डमा खसेको मिसाइलको दोष रुसमाथि थोपरिएका बेला अमेरिकी अधिकारीले युक्रेनबाट प्रहार गरिएको बताएका हुन्। 

यी अधिकारी यस मामिलामा सार्वजनिक रूपमा बोल्न तयार छैनन्। उनीहरुले आफ्नो परिचय नखुलाउने शर्तमा मिसाइलबारे खुलासा गरेको एपीले जनाएकोछ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले पोल्याण्डमा खसेको मिसाइल रसियाले हानेको भनेर नकार्ने अवस्था नरहेको बताएका थिए। 

मंगलवार दिउँसो ३ बजेर ४० मिनेटमा पोल्याण्डको क्षेत्रमा एक ‘रूसी मिसाइल’ खसेको थियो। जसका कारण सेरेभोडो गाउँमा दुईजना मारिएका थिए। 

सेरेभोडो गाउँ युक्रेन र पोल्याण्डको सीमामा लिएभ शहरको उत्तरमा अवस्थित छ। 

उता पोल्याण्डले भने यो मिसाइल कसले हान्यो भन्ने प्रमाण आफूसँग नरहेको जनाएको छ।

तर यो मिसाइल रुसमा बनेको पुष्टि भने भएको छ। युद्धमा दुवै पक्षले रूसी युद्ध सामग्रीको प्रयोग गरिरहेका छन्। 

पोल्याण्डको विदेश मन्त्रालयका प्रवक्ता लुकाज जसिनाले पोल्याण्डमा रूसी राजदूतलाई घटनाबारे स्पष्टीकरणका लागि बोलाएका थिए। 

रूसले यस हमलामा आफ्नो संलग्नता अस्वीकार गरेको छ। रूसको रक्षा मन्त्रालयले एक वक्तव्य जारी गर्दै भनेका छन्, 'युक्रेनी-पोलिस राज्य सीमानजिकै रुसको तर्फबाट कुनै किसिमको हमला भएको छैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .