ग्लोबल


टाट पल्टिन सक्छ ट्विटर, यसो भन्छन् एलन मस्क

टाट पल्टिन सक्छ ट्विटर, यसो भन्छन् एलन मस्क

फाइल तस्बिर


नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार १२:५१, काठमाडौँ

ट्विटरका नयाँ मालिक एलन मस्कले बिहीबार ट्विटर टाट पल्टिन सक्ने आशंकालाई लिएर कर्मचारीसँग कुरा गरेका छन्। 

समाचार एजेन्सी रोयटर्सका अनुसार उनले ट्विटरका कर्मचारीलाई टाट पल्टिन सक्ने आशंकालाई इन्कार गर्न नसकिने बताएका छन्। 

ट्वीटरमा आफ्ना कर्मचारीसँग पहिलो पटक बैठकमा सहभागी भएका मस्कले कम्पनीले अबको केही सालमा अर्बौं डलर गुमाउनेतर्फ पनि सचेत गराएका थिए। 

एलन मस्कले गत साता मात्रै ४४ अर्ब डलरमा ट्विटर किनेका थिए। 

त्यसपछि उनले यो सोसियल मिडियामा कयौँ फेरबदल गराइसकेका छन्। 

यसैबीच दुनियाभरमा ट्विटरले हजारौँ कर्मचारीलाई जागिरबाट निकालेको छ। यसलाई लिएर मस्कको चर्को आलोना पनि भइरहेको छ।

उनले कम्पनीमा भइरहेको घाटाको विवरणलाई प्रस्तुत गर्दै ब्लु टिकका लागि पैसा तिर्नु पर्ने नियम पनि सुरु गरेका थिए। 

मस्कले केही समूह ट्विटरको आम्दानी घटाउने योजनासहित विज्ञापनदाताहरुलाई प्रभाव पार्न पनि लागिरहेको बताएका छन्। 

उता अमेरिकाको फेडरल ट्रेड कमिशनले ट्विटरमा कर्मचारी कटौतिलाई लिएर चिन्ता जनाएको छ।

ट्विटरका दुई वरिष्ठ कर्मचारी योएल रथ र रोबिन व्हीलरले बुधबार मात्रै कम्पनीबाट राजीनामा दिएका छन्। 

बिहीबार ट्विटरका चिफ सेक्युरिटी अफिसर ली किसनरले पनि राजीनामा दिएकी थिइन्। उनले ट्विट गर्दै यसबारेको जानकारी दिएकी थिइन्।

समाचार अनुसार ट्विटर र कम्पनीको गोपनीयतासँग जोडिएका अन्य केही उच्च कर्मचारीले पनि राजीनामा दिने तयारी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad