ग्लोबल


माल्दिभ्समा आगलागी हुँदा ८ भारतीयसहित १० जनाको मृत्यु

माल्दिभ्समा आगलागी हुँदा ८ भारतीयसहित १० जनाको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
कात्तिक २४, २०७९ बिहिबार १९:०, माले

माल्दिभ्सको राजधानी मालेको एक कार ग्यारेजमा बिहीबार बिहान आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

भवनको भुइँतलामा रहेको ग्यारेजमा आगलागी भएको थियो भने भवनको पहिलो तलामा केही आप्रवासी कामदार थिए।

प्रहरीका अनुसार ती कामदार बङ्गलादेश, भारत र श्रीलङ्काका नागरिक हुन्। 

भवनमा आगलागी भएपछि दमकल घटनास्थलमा पुगेको र आगो निभाउन केही घण्टा लागेको बताइएको छ। 

फायर एन्ड रेस्क्यु सर्भिसका अनुसार घटनामा १० जनाको मृत्यु भएको छ भने २८ जनालाई भवनबाट सकुशल उद्धार गरिएको छ।

उनीहरूका अनुसार भवनबाट फेला परेका शवहरू अनुहार चिन्न नसकिने गरी जलेकाले मृतकको पहिचान गर्न गाह्रो भएको बताइएको छ। 

आगलागीको कारण अझै थाहा हुन सकेको छैन। अधिकारीका अनुसार मृत्यु भएका १० जनामध्ये आठ जना भारतीय, एक बङ्गलादेशी र अन्य रहेका मालदिभ्सको आभास पत्रिकाले अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ।

मृतकमध्ये एक जनाको समाचार तयार पार्दासम्म पहिचान खुल्न सकेको छैन।

मालदिभ्सको सञ्चार स्रोतका अनुसार मृतकमध्ये अधिकांश व्यक्ति उनीहरूकै कोठा र बाथरुममा फसेका थिए। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad