ad ad

ग्लोबल


बंगलादेशमा आँधीबाट २८ जनाको मृत्यु, लाखौँ व्यक्ति प्रभावित

बंगलादेशमा आँधीबाट २८ जनाको मृत्यु, लाखौँ व्यक्ति प्रभावित

नेपालखबर
कात्तिक ९, २०७९ बुधबार १८:२८, ढाका

बंगलादेशमा ‘सित्राङ’ नामको आँधीबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ। सित्राङबाट लाखौँ मानिस प्रभावित भएको बताइएको छ।

आँधीका कारण यहाँका लाखौँ व्यक्ति विद्युतविहीन भएको अधिकारीले बुधबार जानकारी दिएका छन्। उद्धारकर्मीले ड्रेजर डुङ्गाका चालक दलका चार जना सदस्यको शव बुधबार फेला पारेका थिए। यसपछि सो आँधीबाट ज्यान जानेको सङ्ख्या २८ पुगेको बताइएको छ। 

बंगलादेशमा आँधी र तुफानको खतरा रहने गरेको छ। तर वैज्ञानिकका अनुसार जलवायु परिवर्तनले तिनीलाई अझ तीव्र र बारम्बारको खतरा बनाउँदै छ।

सित्राङ नामक यस आँधी दक्षिणी बंगलादेशमा अवतरण गरेको जनाइएको थियो। त्यसलगत्तै मानिसलाई यसले प्रभावित पारेको हो। 

अधिकारीले यस शक्तिशाली आँधी आउनुअघि करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा पुर्‍याउन सफल भएको बताएका थिए।

सो आँधीको गति ८० किलोमिटर ९५५ माइल० प्रति घण्टा रहेको र यसले अझै पनि लाखौँ मानिसको घर रहेको देशको घना जनसङ्ख्या भएको तल्लो तटीय क्षेत्रमा विनास गर्ने अनुमान गरिएको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .