दैलेखमा लिङ्गे पिङबाट लडेर १८ वर्षीय युवकको मृत्यु भएको छ। नारायण नगरपालिका–६ काँडाचौर बसपार्कमा पिङ खेल्ने क्रममा लडेर नारायण नगरपालिका–६ का १८ वर्षीय नवराज बोगटीको मृत्यु भएको हो।
पिङ खेल्न सुरु गरेलगत्तै दुईपटकसम्म पिङमा मच्चिएका उनी एक्कासि पिङबाट लडेका थिए।
स्थानीयले उनलाई जिल्ला स्वास्थ्य कार्यालय दैलेख लगेका भए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाहले बताए।
जिल्लाभर पिङ हाल्ने र खेल्ने प्रचलन धेरै छ। पिङ खेल्दा सुरक्षा अपनाउन जिल्ला प्रशासन कार्यालय दैलेखले सबैलाई अनुरोध गरेको छ। रासस
51
Shares
प्रतिक्रिया