ad ad

ग्लोबल


लेखक सलमान रुश्दीले आँखाको ज्योति गुमाए, एउटा हात चल्न छाड्यो

लेखक सलमान रुश्दीले आँखाको ज्योति गुमाए, एउटा हात चल्न छाड्यो

नेपालखबर
कात्तिक ७, २०७९ सोमबार ८:२५, काठमाडौँ

यसै वर्ष अगस्ट महिनामा चक्कुले गरिएको एक आक्रमणमा गम्भीर घाइते लेख सलमान रुश्दीले एउटा आँखाको ज्योति सदाका लागि गुमाएका छन्। 

उनका एक सहयोगीले दिएको जानकारी अनुसार एउटा आँखाको ज्योति गुमाएका रुश्दीको एउटा हातले पनि काम गर्न नसक्ने भएका छन्।

रुश्दीका एजेन्ट एन्ड्रयु वाइलीले स्पेनको पत्रिकासँग कुरा गर्दै भने,'उनको छाति वरपर १५ भन्दा धेरै चोट थियो। त्यो एकदमै नृशंस हमला थियो।'

वाइलीले सलमान सलमान रुश्दी अहिले कहाँ बसिरहेका छन् भन्ने खुलाउन चाहेनन्। उनीमाथि अमेरिकाको न्यूयोर्कमा चक्कुले आक्रमण गरिएको थियो।

रुश्दीलाई सन् १९८८ मा लेखिएको उपन्यास 'द स्याटेनिक भर्सेज'देखि नै मार्ने धम्की आइरहेको थियो।

केही मुसलमान यस किताबलाई ईश्वरको निन्दा गरिएको रुपमा बुझ्छन्। यस उपन्यास छापिएको १० वर्षसम्म रुश्दीले लुकेर बस्न बाध्य हुनुपरेको थियो।

बुकर पुरस्कार विजेता यी लेखकमाथि न्युयोर्कको सितोक्वा इन्स्टिच्युसनमा प्रवचन दिन लागेका बेला साउन २७ गते आक्रमण भएको थियो।

त्यसबेलाका प्रत्यक्षदर्शीका अनुसार उनको नाम बोलाइँदै गर्दा एक व्यक्ति मञ्चमा दौडेर चक्कु प्रहार गरेका थिए। त्यसपछि रुस्दी ढलेका थिए। उनको घाँटी र छातीाम चोट लागेको थियो।

भारतमा जन्मिएका उपन्यासकार १९८१ मा प्रकाशित मिडनाइट्स चिल्ड्रेन नामक पुस्तकबाट चर्चित भएका थिए।

त्यसबेला इरानका सर्वोच्च धर्मगुरु आयातोल्ला खामेनीले पनि रुस्दीलाई मार्ने जोकोहीलाई ३० लाख डलर पुरस्कार दिने घोषणा गरेको थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .