ad ad

ग्लोबल


इरानले भन्यो : सलमान रुस्दीमाथिको आक्रमणमा हाम्रो हात छैन

इरानले भन्यो : सलमान रुस्दीमाथिको आक्रमणमा हाम्रो हात छैन

नेपालखबर
साउन ३०, २०७९ सोमबार १४:५६, काठमाडौँ

लेखक सलमान रुस्दीलाई आक्रमण गर्ने व्यक्तिसँग आफ्नो कुनै सम्बन्ध नभएको इरानले जनाएको छ। यसका लागि रुस्दी स्वयं जिम्मेवार भएको इरानी विदेश मन्त्रालयले आरोप लगाएको छ।

न्युयोर्क राज्यमा भएको छुरा प्रहारबाट ७५ वर्षीय लेखक गम्भीर घाइते भएका थिए। हाल उनलाई भेन्टिलेटरबाट निकालिएको छ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानी तेहरानले सो आक्रमणमा इरानको हात नरहेको बताएका हुन्। इरानलाई दोष लगाउने अधिकार कसैसँग नभएको उनले बताए।

तर, उनले रुस्दीले लेखनमार्फत गरेको धर्मको बेइज्जतीलाई वाक् स्वतन्त्रताको अधिकारले उचित नठहर्याउने बताए।

‘यो आक्रमणमा हामी रुस्दी स्वयं र उनका समर्थकहरुलाई बाहेक कसैलाई पनि दोषको भागिदार मान्दैनौँ,’ उनले भने।

रुस्दीका आक्रमणकारीबारे पनि सञ्चारमाध्यममा आएकाबाहेक अरु सूचना आफूसँग नभएको पनि उनले बताए।

रुस्दीलाई छुरा हान्ने २४ वर्षीय हादी मतालरलाई गिरफ्तार गरिएको छ। उनले रुस्दीको पेट, अनुहार र घाँटीमा गरी कम्तीमा १० पटक छुरा प्रहार गरेका थिए।

आइतबार रुस्दीका छोराले आफ्ना पिता गम्भीर अवस्थामा रहेको जानकारी दिएका छन्। उनी केही शब्द बोल्न सक्ने भएको उनले जनाएका छन्।

रुस्दीको द सटानिक भर्सेस नामक पुस्तक प्रकाशित भएपछि इरानका सर्वोच्च नेताले फतवा जारी गर्दै उनको टाउकोको मूल्य ३० लाख डलर तोकेका थिए। बीबीसी


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .