जम्मु-कस्मिर विधानसभा चुनावअन्तर्गत आज (बुधबार) दोस्रो चरणको मतदान भइरहेको छ।
निर्वाचन आयोगका अनुसार दोस्रो चरण मतदान २६ सिटका लागि भइरहेको हो। मतदानका लागि ३ हजार ५ सय मतदान केन्द्र बनाइएका छन्।
यस चरणमा राजौरी, पुन्च, रियासी, गन्दरबल, श्रीनगर र बडगाम जिल्लाका विधानसभा क्षेत्रमा २३९ उम्मेदवार चुनावी मैदानमा छन्।
यी सिटमा २५.७८ लाख मतदाता छन्। जसमध्ये १३.१२ लाख पुरुष र १२.६५ लाख महिला मतदाता छन्। ५३ जना तेस्रोलिङ्गी मतदाता छन्।
मतदानलाई ध्यानमा राख्दै सम्पूर्ण जम्मु-कस्मिर र पिर पञ्जाल उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रचारप्रसारको समय सकिनुअघि सोमबार नेसनल कन्फ्रेन्स, प्रोग्रेसिब डेमोक्र्याटिक पार्टी र अवामी इत्तेहाद पार्टीले र्याली गरेका थिए।
उमर अब्दुल्ला र भाजपा प्रमुख रैनाको सिटमा मतदान
जम्मु-कस्मिर नेसनल कन्फ्रेन्सका उपाध्यक्ष उमर अब्दुल्ला, जम्मु-कस्मिर कंग्रेस प्रमुख तारिक हमिद र कारा तथता भाजपा जम्मु-कस्मिर प्रमुख रवीन्द्र रैनाको सीटमा मतदान हुँदै छ।
उममर अब्दुल्ला गान्दरबल र बडगामबाट चुनाव लडिरहेका छन् भने कारा सेन्ट्रल साल्टेङबाट चुनाव लडिरहेका छन्। रैना राजौरीको नौसेरा सिटबाट चुनाव लड्दै छन्।
Shares
प्रतिक्रिया