ad ad

ग्लोबल


तेस्रो कार्यकाल पार्टी महासचिव भएपछि सीले भने : दुनियाँलाई चीनको खाँचो छ

तेस्रो कार्यकाल पार्टी महासचिव भएपछि सीले भने : दुनियाँलाई चीनको खाँचो छ

नेपालखबर
कात्तिक ६, २०७९ आइतबार १५:१४, काठमाडौँ

चीनका राष्ट्रपति सी चिनफिङले तेस्रो कार्यकालका लागि चिनियाँ कम्युनिस्ट पार्टीको कमान सम्हालेका छन्। 

राष्ट्रपति सीले तेस्रो कार्यकाल महासचिवमा निरन्तरताको घोषणासँगै आफ्नो नेतृत्वका सबै नेताको परिचय पनि गराएका छन्। 

सीले सम्बोधनका क्रममा विश्वलाई चीनको आवश्यकता रहेको उल्लेख गरेका छन्। 

‘चीन बाँकी विश्वबिना विकास गर्न सक्दैन र विश्वलाई पनि चीनको आवश्यकता छ। ४० वर्षको अथक परिश्रम र सुधारपछि हामी दुई चमत्कार गर्न सक्छौँ- तीव्र आर्थिक विकास र दीर्घकालीन सामाजिक स्थिरता’, उनले सम्बोधनका क्रममा भने। 

सी चिनफिङले पार्टीको नेता चुनिएपछिआफ्नो सम्बोधनका क्रममा उनले भने, ‘मप्रति भरोसा जनाउनु भएकोमा तपाईंहरु सबैप्रति धन्यवाद!'

उनले देशले अहिलेसम्म धेरै उपलब्धि हाँसिल गरेको बताउँदै अब आफूहरु हरेक कोणबाट चीनलाई एक आधुनिक समाजवादी देश बनाउनेतर्फ अग्रसर हुने पनि उल्लेख गरे। 

सी चिनफिङलाई लगातार तेस्रो पटक कम्युनिस्ट पार्टीको कमान मिलिरहँदा राजधानी बेइजिङमा सुरक्षा कडा बनाइएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरोमा जम्मा २४ सदस्य छन्। तर यस पटक यसमा कुनै पनि महिलाले अवसर पाएनन्। 

पोलिटब्युरो सदस्यबाटै स्थायी कमिटी गठन गरिन्छ। पोलिटब्युरोमा ७२ वर्षीया सुन चुनलान उपप्रधानमन्त्री थिइन्, उनले अब अवकाश पाएकी छन्। 

कम्युनिस्ट पार्टीको अधिवेशनमा सी चिनफिङ केन्द्रीय सैनिक परिषद्का प्रमुख रहिरहने घोषणा गरियो। अर्थात् उनी चीनको पिपुल्स लिवरेशन आर्मीको कमान्डर रहिरहनेछन्।

योसँगै सी चिनफिङ पार्टी महासचिव र सैन्य कमान्डर पदमा यथावत रहनेछन्।  उनी यससँगै अब हुने चुनावमा पनि राष्ट्रपति पदमा निर्वाचित हुनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .