ग्लोबल


२५ वर्षपछि दिल्लीमा  इन्टरपोलको महासभा हुँदै, मोदीले सम्बोधन गर्ने

२५ वर्षपछि दिल्लीमा  इन्टरपोलको महासभा हुँदै, मोदीले सम्बोधन गर्ने

नेपालखबर
कात्तिक १, २०७९ मंगलबार ९:८, काठमाडौँ

२५ वर्षपछि इन्टरपोलको महासभा मंगलबारदेखि भारतको दिल्लीमा सुरु हुँदै छ।

इन्टरपोलको ९० औं महासभाको बैठक मंगलबारदेखि शुक्रबारसम्म चल्नेछ। यो बैठकमा विश्वका १९५ मुलुकका प्रतिनिधिहरु सहभागी हुनेछन्। यी प्रतिनिधिहरुमा मन्त्री, प्रहरी प्रमुख, केन्द्रीय ब्यूरोका प्रमुख र वरिष्ठ प्रहरी अधिकारी पनि सामेल छन्।

मंगलबार दिउँसो २ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इन्टरपोलको बैठकलाई सम्बोधन गर्नेछन्।

महासभा इन्टरपोलको सर्वोच्च निकाय हो र यसको सञ्चालनसँग सम्बन्धित महत्वपूर्ण निर्णय गर्न प्रत्येक वर्ष यसको आयोजना हुने गरेको छ।

भारतमा यो महासभा २५ वर्षपछि हुन लागेको हो। यसअघि सन् १९९७ मा भारतले इन्टरपोलको महासभाको आयोजना गरेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .