ग्लोबल


रुसको सैन्य तालिम केन्द्रमा आक्रमण, ११ जनाको मृत्यु

रुसको सैन्य तालिम केन्द्रमा आक्रमण, ११ जनाको मृत्यु

नेपालखबर
असोज ३०, २०७९ आइतबार ७:३४, काठमाडौँ

शनिबार रुसको एक सैन्य तालिम केन्द्रमा हतियारधारी समूहले गरेको आक्रमणमा परी ११ जनाको मृत्यु भएको छ।

आगलागी नियन्त्रणको अभ्यास गरिरहेको समयमा दुईजनाले गोली चलाउन सुरु गरेका थिए। रुसी सञ्चारमाध्यमहरुका अनुसार अभ्यासमा संलग्न रहेका सैनिक युक्रेनसँगको लडाइँमा पनि खटिएका थिए। 

रुसको रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्व सोभियत मुलुकका नागरिक रहेको बताएको छ।

यद्यपि उसले यस विषयमा थप जानकारी भने दिएको छैन। उनीहरु पनि युक्रेनसँग सीमा जोडिएको बेलगोरोड क्षेत्रमा मारिएको मन्त्रालयले बताएको छ। यो घटनामा परी थप १५ जना मानिसहरु घाइते भएका छन्। 

गत महिना रुसले तीन लाख जगेडा सैनिकलाई युद्धमा खटाउने निर्णय गरेको थियो। जसको कारण रुसमा विरोध प्रदर्शन सुरु भएको थियो भने धेरैले मुलुक छाडेर जाने निर्णय गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad