ग्लोबल


युक्रेनलाई ४०० मिलियन डलर सहयोग दिने साउदी अरबको घोषणाा

युक्रेनलाई ४०० मिलियन डलर सहयोग दिने साउदी अरबको घोषणाा

नेपालखबर
असोज २९, २०७९ शनिबार १६:२३, काठमाडौँ

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले युक्रेनलाई ४०० मिलियन डलरको मानवीय सहायता दिने घोषणा गरेका छन्। 

राजकुमारले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग फोनमा वार्ता गरेपछि यो घोषणा गरेका हुन्। 

राजकुमारले युक्रेनका राष्ट्रपतिलाई जारी संघर्ष कम गर्नका लागि साउदी अरब मध्यस्थता प्रयासलाई जारी राख्ने बताएका छन्। 

भ्लादिमिर जेलेन्सकीले साउदी अरबको मानवीय सहायता र संयुक्त राष्ट्र महासभामा युक्रेनको पक्षमा भोट दिएकोमा पनि धन्यवाद दिए। 

संयुक्त राष्ट्रसंघ महासभामा युक्रेनी भूमि रूसले कब्जा गरेको कुराको आलोचनामा एक प्रस्ताव पारित गरिएको थियो। जसमा साउदी अरबले रूसविरुद्ध मतदान गरेको थियो।

जेलेन्स्कीले रूस-युक्रेन संकटको समाधान खोज्नका लागि साउदी अरबको प्रयासको पनि प्रशंसा गरे। 

अमेरिकाले पनि युक्रेनका लागि ७५० मिलियन अमेरिकी डलरको सैन्य सहायता प्याकेजको घोषणा गरेका छन्। युक्रेनलाई अमेरिकाले अहिलेसम्म १८ अर्ब डलरभन्दा धेरै सैनिक मद्दत दिइसकेको। छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad