नेपाल आर्मीका नासिर याह्या हुसेनले नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत भएको २२ औँ राष्ट्रिय पौडी च्याम्पियनसिपममा आफ्नै कीर्तिमान सुधार्दै स्वर्ण पदक जितेका छन्।
नासिरले आफ्नो कीर्तिमान सुधार गर्दै पौडीका लागि पहिलो स्वर्ण जितेका हुन्।
उनले १५ सय मिटिर फ्रिस्टायलमा १३ औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको किर्तिमान आफैले तोडेका हुन्।
उनले १६ मिनट ५०.२१ मिनेटमा नयाँ किर्तिमान बनाएका हुन्। उले यसअघि १७ मिनेट ४९.९५ सेकेन्डमा कीर्तिमान बनाएका थिए।
एनआरएनका आशीष सापकोटाले रजत जिते। उनले १६ मिनेट ५७.९५ सेकेण्डमा दुरी पार गरेका थिए। पुलिसका सुनिल कुमार थापा मगरले कास्य जिते।
डुवानालाई पनि स्वर्ण
उनले यसअघि आठौँ राष्टिय खेलकुदमा गौरिका सिंहले बनाएको कीर्तिमान भङ्ग गरेकी हुन्।
गौरिकाले २ मिनेट ३२ सेकेन्डमा राष्टिय कीर्तिमान बनाएकी थिइन्। यो उनले हिट चरणमा गौरिकाको कीर्तिमान तोडेकी हुन्।
Shares
प्रतिक्रिया