ग्लोबल


जब मस्कोबाट दिल्ली उडेको प्लेनमा बम भएको फोन आयो...

जब मस्कोबाट दिल्ली उडेको प्लेनमा बम भएको फोन आयो...

नेपालखबर
असोज २८, २०७९ शुक्रबार ९:५१, काठमाडौँ

बिहीबार राति रुसको मस्कोबाट भारतको दिल्लीको लागि उडेको प्लेनमा बम राखिएको हल्ला फैलिएको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार अहिले यस विषयमा अनुसन्धान भइरहेको छ। नेपाली समयअनुसार बिहीबार राति ११ बजे मस्कोबाट दिल्लीको छुटेको प्लेनमा बम रहेको भन्दै धम्कीपूर्ण फोन आएको थियो। 

यद्यपि प्लेन बिहान ३ः०५ मिनेटमा दिल्लीस्थित एयरपोर्टमा अवतरण भएको छ। प्लेनका सबै यात्रुलाई सुरक्षितरुपमा निकालिएको र विमानबारे अनुसन्धानको काम भइरहेको प्रहरीले बताएको छ।

उक्त विमानमा ३८६ यात्रु सवार थिए। त्यस्तै विमानको चालकदलका १६ सदस्यलाई पनि विमानबाट निकालिएको छ। 

यससँगै एयरपोर्टको सुरक्षा पनि बढाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad