ad ad

ग्लोबल


रुसी आक्रमणमा २३ युक्रेनी नागरिकको मृत्यु

रुसी आक्रमणमा २३ युक्रेनी नागरिकको मृत्यु

फाइल फाेटाे


नेपालखबर
असोज १४, २०७९ शुक्रबार १६:४३, किभ

युक्रेनले शुक्रबार मस्कोलाई दक्षिणी जापोरिज्जिया क्षेत्रमा नागरिक कारहरुमा  गोली हानेको आरोप लगाएको छ। यसमा परी कम्तीमा २३ सर्वसाधारणको ज्यान गएको बताइएको छ।

यस आक्रमणमा परी २८ सर्वसाधारण घाइते भएको जापोरिज्जिया क्षेत्रीय गभर्नर ओलेक्जेन्डर स्टारुखले बताएका छन्।

जापोरिज्जिया रुसी कब्जामा रहेको क्षेत्रका क्रेमलिन समर्थक अधिकारीले किभलाई दोष दिए र आक्रमणको पछाडि रुसी सेनाको हात रहेको अस्वीकार गरेका छन्। 

भ्लादिमिर रोगोभले सामाजिक सञ्जालमा युक्रेनी सेनालाई ‘आतङ्कवादी कार्य’ गरेको आरोप लगाउँदै भने, “किभको शासनले रुसी सेनाले गरेको गोलाबारीलाई जघन्य उत्तेजनाको रूपमा चित्रण गर्ने प्रयास गरिरहेको छ।’ 

जापोरिज्जियाका गभर्नरले भने कि रुसी सेनाले ‘क्षेत्रीय केन्द्रबाट बाहिर निस्कने बाटोमा नागरिकहरुविरुद्ध रकेट आक्रमण गरे’।

‘मानिसहरू अस्थायी रूपमा कब्जा गरिएको इलाका छाड्न, आफ्ना आफन्तहरूलाई लिन र सहयोग लिन लाइनमा उभिरहेका थिए,’ उनले सामाजिक सञ्जालमा भनेका छन्। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .