ad ad

ग्लोबल


पाकिस्तानको डेन्टल क्लिनिकमा आक्रमण, एक चिनियाँ नागरिकको मृत्यु

पाकिस्तानको डेन्टल क्लिनिकमा आक्रमण, एक चिनियाँ नागरिकको मृत्यु

नेपालखबर
असोज १३, २०७९ बिहिबार ९:१, काठमाडौँ

पाकिस्तानको कराँची सहरस्थित एक डेन्टल क्लिनिकमा भएको आक्रमणमा एक चिनियाँ नागरिकको मृत्यु भएको छ र अन्य दुईजना घाइते भएका छन्। प्रहरीका अनुसार यो नियोजित आक्रमणको नतिजा भएको बताएको छ। 

आक्रमणमा परेका तीनैजना चिनियाँ नागरिक रहेको बीबीसीले उल्लेख गरेको छ। उनीहरु तीनजनाले पछिल्लो ४० वर्षदेखि उक्त क्लिनिक सञ्चालन गर्दै आएका थिए।

प्रत्यक्षदर्शीका अनुसार बुधबारको आक्रमणमा ३० को दशकका आक्रमणकारी संलग्न थिए। उनले अन्य पाकिस्तानीलाई भने आक्रमण गरेनन्।

अहिलेसम्म यो आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन। साथै आक्रमणको कारण पनि खुल्न सकेको छैन।

गत अप्रिल महिनाम तीन चिनियाँ नागरिक र उनीहरुको पाकिस्तानी ड्राइभरको आत्मघाती बम विष्फोटमा परी मृत्यु भएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .