ad ad

ग्लोबल


रूसी स्कुलमा बन्दुकधारीको आक्रमण, ५ विद्यार्थीसहित ६ जना मारिए

रूसी स्कुलमा बन्दुकधारीको आक्रमण, ५ विद्यार्थीसहित ६ जना मारिए

नेपालखबर
असोज १०, २०७९ सोमबार १५:५, काठमाडौँ

रूसको इजवेस्क शहरस्थित एक स्कुलमा बन्दुकधारीले आक्रमण गरेका छन्। यो आक्रमणमा ५ विद्यार्थीसहित कम्तीमा ६ जनाको ज्यान गएको छ।

रूसी सञ्चारमाध्यमका अनुसार मृतकहरुमा ४ जना स्कुले विद्यार्थी र १ जना सुरक्षागार्ड रहेका छन्। 

घटना स्कुल नम्बर ८८ मा भएको हो। यस स्कुलमा एक हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत छन्। त्यहाँ करिब ८० जना शिक्षक रहेका छन्। 

समाचार एजेन्सी आरआईएले गभर्नर अलेक्जेन्डडर ब्रेचालोफलाई उद्धृत गर्दै जनाए अनुसार बन्दुकधारीले सुरुमा स्कुलमा छिरेर सुरक्षागार्डको हत्या गरिदिएका थिए।

त्यसपछि बन्दुकधारीले आफैंलाई गोली हानेका थिए। रूसी सञ्चारमाध्यमका अनुसार यस घटनासँग सम्बन्धित भिडिओ सामाजिक सञ्जालमा आएको छ। उक्त भिडिओअनुसार जहाँ भिडिओ रेकर्ड भएको छ, त्यहीँ हमला भएको देखिएको छ। 

समाचार एजेन्सी तासले स्थानीय सांसदलाई उद्धृत गर्दै जनाएअनुसार आक्रमणकारीसँग पेस्तोल थियो। यो आक्रमणपछि स्कुलमा विद्यार्थी र शिक्षकबीच भागाभाग भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .