ad ad

ग्लोबल


ओमानमा मनाइयो नेपालको संविधान दिवस

ओमानमा मनाइयो नेपालको संविधान दिवस

नेपालखबर
असोज ४, २०७९ मंगलबार १६:२५, काठमाडौँ

खाडी मुलुक ओमानमा पनि नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवस मनाइएको छ। 

स्थानीय होटल शेराटनमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य दिँदै नेपाली राजदूत डोरनाथ अर्यालले संविधानको महत्वपूर्ण विशेषता, नेपाल-ओमान सम्बन्धबारे प्रकाश पारेका थिए।

अर्यालले नेपाल संविधान जारी गरेपछि आर्थिक समृद्दिको बाटोमा अग्रसर भएको बताए। 

नेपालले छोटो समयमा नै विद्युत उत्पादनमा उल्लेख्य प्रगति भएको र एक मेगावाट माथिका करिब २२० वटा भन्दा बढी आयोजना निर्माणधीन अवस्थामा रहेको र यसबाट ७००० मेगावाट भन्दा बढी विद्युत उत्पादन हुने बताए।

राजदूत अर्यालले एकैसाथ दुईवटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलसहित तीन वटा अन्तरराष्ट्रिय विमानस्थलको निर्माणबाट पर्यटन र आर्थिक गतिविधिमा उल्लेख्य टेवा पुग्ने आशा गरिएको बताए। 

‘नेपाल विश्वका ठूला आर्थिक शक्ति राष्ट्रहरुको बीचमा छ। यसको रणनीतिक अवस्थिति व्यापार र लगानीको लागि ठूलो अवसरको रुपमा छ’ उनले भने। 

उनले नेपालको प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदाहरुको बारेमा चर्चा गर्दै नेपाल पर्यटकका लागि आकर्षक गन्तब्य भएको बताए। त्यस अवसरमा 

केक काटेर राष्ट्रिय दिवसको उत्सव मनाइको थियो। 

साथै नेपाली फुड कर्नर स्थापना गरेर नेपाली खानाहरु जस्तै मोमो, चिकेन छोएला, अचार आदि पस्किइएको थियो भने नेपाली हस्तकला तथा उत्पादनका सामानहरु प्रदर्शन गरिनुका साथै सभाहलको भित्र र बाहिर ठूला–ठूला पाँचबटा मोनिटरबाट नेपालको पर्यटन प्रर्वद्धन गर्ने भिडियोहरु नियमित रुपमा प्रशारण गरिएको थियो।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ओमानबाट काठमाडौं जानेआउने तीनवटा र भैरहवा जानेआउने एउटा गरी चारवटा हवाई टिकट र चन्द्रागिरी हिल रिसोर्टमा दुई रात दुई–दुई जना बस्ने भौचर चिठ्ठा मार्फत उपलब्ध गराइएको थियो। 

कार्यक्रममा ओमानका राष्ट्रिय महोत्सव सचिवालयका महासचिव शेख सिबा हमदान बिन सिबा अल साअदी प्रमुख अतिथि थिए।

ओमानको शुरा काउन्सिल (राष्ट्रिय सभा) का दुई–दुई जना सदस्य, परराष्ट्र मन्त्रालयका प्रशासन तथा आर्थिक मामिला हेर्ने सचिव, शिष्टाचार महापाल, पश्चिम एशिया महाशाखा नि. प्रमुख लगायत विभिन्न कूटनीतिक नियोगका प्रमुख, विभिन्न सरकारी उच्च पदस्थ अधिकारी, पत्रकार, उद्योग व्यवसायी, नेपाली समुदायका प्रतिनिधिहरु, राजदूतावासका कर्मचारी तथा परिवार गरी करिब २४० जना उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .