ad ad

ग्लोबल


कोरोनाबाट अमेरिकामा दैनिक चार सयको मृत्यु, बाइडेन भन्छन्–महामारी सकियो!

कोरोनाबाट अमेरिकामा दैनिक चार सयको मृत्यु, बाइडेन भन्छन्–महामारी सकियो!

नेपालखबर
असोज ४, २०७९ मंगलबार ८:२४, काठमाडौँ

अमेरिकी राष्ट्रपति जो बाइडेनले मुलुकमा कोरोना महामारी सकिएको घोषणा गरेका छन्। यद्यपि कारोना संक्रमणको कारण अमेरिकामा मृत्यु हुनेको संख्या भने बढेको छ। 

बाइडेनले भने, ‘हामी अझै पनि समस्यामा छौं तर अवस्था सुधारोन्मुख छ।’ यसअघि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुखले पनि कोरोना महामारीको अन्त्य हुन सक्ने देखिएको बताएका थिए।

सीबीएसलाई दिएको एक अन्तर्वार्तामा बाइडेनले कोरोना नियन्त्रणका लागि अझै पनि अमेरिकाले धेरै काम गरिरहेको बताएका थिए।

गत अगष्टमा अमेरिकी अधिकारीहरुले कोरोना महामारीको कारण जनवरी २०२०मा लागू गरिएको स्वास्थ्य आपतकाल अक्टोबर १३ सम्म बढाउने निर्णय गरेका थिए। 

यद्यपि अमेरिकामा बाइडेनले घोषणा गरेजस्तो कोरोना महामारी सकिएको भने छैन। अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणको कारण १० लाखभन्दा धेरै मानिसको मृत्यु भएको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिले पनि अमेरिकामा औसतमा दैनिक चार सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ। गत साता तीन हजारभन्दा धेरै मानिसको कोरोनाको कारण मृत्यु भएको थियो। 

सन् २०२१ को जनवरीमा एक सातामा कोरोना संक्रमणको कारढा २३ हजारभन्दा धेरै मानिसको मृत्यु भएको थियो। अमेरिकामा अहिलेसम्म ६५ प्रतिशत जनसंख्याले कोरोनाको पूरा डोज खोप लगाएका छन्। 

अमेरिकी शीर्ष स्वास्थ्य विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले सोमबार अमेरिकामा कोरोना संक्रमणको अवस्थामा सुधार देखिएको तर दैनिक मृत्यु हुनेको संख्या अझै पनि धेरै रहेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .