रोलक्रमअनुसार आठ सदस्यीय सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को अध्यक्षता अब भारतले गर्ने भएको छ।
उज्वेकिस्तानले भारतलाई शुक्रबार एससीओको अध्यक्षता सुम्पिएको हो। २२ औं एससीओ सम्मेलनपछि उज्वेकिस्तानका राष्ट्रपति शभकाट मिर्जियोयेभले भारतलाई अध्यक्षता सुम्पिएका हुन्।
यससँगै अब भारतले सन् २०२३ को एससीओ सम्मेलनको अध्यक्षता गर्नेछ। उज्वेकिस्तानको समरकाण्डमा भएको सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सहभागी भएका थिए।
सन् २००१ मा स्थापना भएको एससीओमा चीन, काजकस्तान, किर्गिस्तान, रुस, ताजिकिस्तान र उज्वेकिस्तान सदस्य थिए। सन् २००७ मा भारत र पाकिस्तान पनि यो संगठनको पूर्ण सदस्य राष्ट्र बनेका थिए।
समरकाण्ड सम्मेलनमा इरानलाई एससीओको स्थायी सदस्य बनाइएको छ।
42
Shares

प्रतिक्रिया