ad ad

कारोबार


आजदेखि एमडीएमएस प्रणाली लागू, भदौ ३० पछि दर्ता नभएका मोबाइल नचल्ने

आजदेखि एमडीएमएस प्रणाली लागू, भदौ ३० पछि दर्ता नभएका मोबाइल नचल्ने

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार ९:३९, काठमाडौँ

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ। 

प्राधिकरणले आज सूचना जारी गरी गैरकानुनी रूपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न उक्त प्रणाली कार्यान्वयन गरिएको जानकारी दिएको हो। 

‘मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न नेपाल दूरसञ्चार प्राधिकरणबाट एमडीएमस प्रणाली लागु गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, प्राधिकरणको सूचनामा भनिएको छ, ‘आज मिति २०७९ भाद्र ३० गतेसम्म विदेशबाट व्यक्तिगत तबरले ल्याइएका मोबाइल सेटलगायत आजको मितिसम्म चालु रहेका सबै मोबाइल सेटहरू स्वतः एमडीएमएस  प्रणालीमा दर्ता हुने व्यवस्था मिलाइएको छ।’

२०७९ भदौ ३० गतेपछि मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएस प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए/नभएको एकिन गरी मात्र खरिद गर्न प्राधिकरणले अनुरोध गरेको छ। 

साथै मोबाइल आयातकर्ता/बिक्रेताहरूले मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितिरण गर्न अनुरोध गरिएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .