ad ad

ग्लोबल


युक्रेनसँगको युद्धको लागि रुसले उत्तर कोरियासँग हतियार किनेको दाबी

युक्रेनसँगको युद्धको लागि रुसले उत्तर कोरियासँग हतियार किनेको दाबी

नेपालखबर
भदौ २२, २०७९ बुधबार ८:२, काठमाडौँ

पश्चिमा मुलुकले प्रतिबन्ध लगाएको कारण रुसले युक्रेनसँगको युद्धको लागि उत्तर कोरियासँग हतियार किनेको अमेरिकी अखबार न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो। त्यसयता पश्चिमा मुलुकहरुले रुसमाथि कडा प्रतिबन्ध लगाउँदै आएका छन्। त्यसैले रुसले उत्तर कोरियाबाट हतियार खरिद सुरु गरेको हो। 

समाचारमा उल्लेख गरिएअनुसार रुसले उत्तर कोरियाबाट धेरै रकेट र तोप पनि खरिद गरेको छ। एक अमेरिकी अधिकारीका अनुसार युक्रेनसँगको युद्ध लामो समय चलेको अवस्थामा रुसले उत्तर कोरियाबाट अझै धेरै हतियार खरिद गर्ने सम्भावना छ।

गत साता मात्र रुसले इरानी ड्रोनको एक खेप पाएको समाचार सार्वजनिक भएको थियो। 

इरान र उत्तर कोरियामाथि पनि पश्चिमा मुलुकले कडा प्रतिबन्ध लगाउँदै आएका छन्। यस्तो अवस्थामा रुसले पनि यी दुई मुलुकसँगको सम्बन्ध थप बलियो बनाउने प्रयास गरिरहेको छ।

गत महिना उत्तर कोरियाले पूर्वी युक्रेनको दुई क्षेत्र डोनोट्स र लुहान्स्कलाई स्वतन्त्र क्षेत्रको मान्यता दिएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .