चीनको सिचुवान प्रान्तमा सोमबार गएको शक्तिशाली भूकम्पबाट ७ जनाको मृत्यु भएको छ।
चीनको अर्थक्वेक नेटवर्कस् सेन्टरका अनुसार सिचुवानको पश्चिमी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो।
सो भूकम्पमा परेर ७ जनाको मृत्यु भएको त्यहाँस्थित सरकारी संचारमाध्यले जनाएका छन्।
भूकम्पको केन्द्रबिन्दु लुडिङ भन्ने स्थानमा थियो। यो स्थान सिचुआनको राजधानी चेन्दुबाट १८० किलोमिटर दक्षिणपश्चिममा पर्छ।
सन् २०१३ मा चीनको सिचुवानमा गएको शक्तिशाली भूकम्पको कारण एक सयभन्दा धेरै मानिसको मृत्यु भएको थियो भने हजारभन्दा धेरै मानिसहरु घाइते भएका थिए।
72
Shares
प्रतिक्रिया