ad ad

ग्लोबल


बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु

बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु

फाइल फाेटाे


नेपालखबर
भदौ १८, २०७९ शनिबार १७:१०, नयाँदिल्ली

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु भएको छ। सरकारी प्रसारण संस्था अल इन्डिया रेडियोका अनुसार बितेका २४ घण्टामा राज्यका ६ वटा जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको तथा खेतमा काम गरिरहेका किसानको चट्याङ लागेर मृत्यु भएको हो। 

राज्यको गया जिल्लामा तीन जना बालबालिकासहित पाँच जना तथा भोजपुर, औरङ्गबाद, जेहेनाबाद, कैमुर र रोहतास जिल्लामा १२ जनाको मृत्यु भएको अल इन्डिया रेडियोले जनाएको छ। 

गत जुन र जुलाईमा बिहार राज्यमा चट्याङ लागेर ६० जनाको मृत्यु भएको थियो। प्रत्येक वर्ष वर्षायाममा चट्याङ लागेर सयौँको ज्यान जाने गरेको छ।  आगामी पाँच दिनसम्म उत्तरपूर्वी भारत र बिहार, झारखण्ड तथा सिक्किमसहित पश्चिमबङ्गालको पहाडी क्षेत्रमा भीषण वर्षा हुने पूर्वानुमान मौसम विभागले गरेको छ। 

यसैबीच, बिहारका मुख्यमन्त्री नीतिशकुमारले चट्याङ लागेर ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई भारू चार लाख राहतस्वरुप उपलब्ध गराइने घोषणा गरेका छन्। उनले प्रतिकूल मौसममा सतर्क रहन तथा विपद् व्यवस्थापन विभागले जारी गरेका सुझाव पालना गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .