नेपाल राष्ट्र बैंकले मुलकको अर्थतन्त्र सहज बन्दै गइरहेको जनाएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको बताएका हुन्।
शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले जोखिम भने कायमै रहेको उल्लेख गर्दै सजकता अपनाउन पनि सचेत गराए।
अर्थतन्त्रमा सहजता देखिएको भनेर अहिल्यै धेरै वस्तुहरुको आयात वृद्धि गर्न नमिल्ने उनले बताए।
‘मुलुकको अर्थतन्त्रमा थप सहजता फिल गरिराखेका छौँ। तर, त्यो सहजतामा हामीले त्यत्तिकै सजकता अपनाउनुपर्ने हुन्छ। हामीले अलिकति सहज भयो भन्दैमा धेरै नै आयात गर्न थाल्यौँ भने हामीलाई त्यही प्रेसर दोहोरिदैन भन्ने होइन,’ उनले भने, ‘सकारात्मक कुरा हुँदैछन्। पर्यटक गत वर्षभन्दा पछिल्लो ६ महिनामा दोब्बर आएका छन। केही वस्तुहरुको निर्यात बढेर गएका छन्।’
गभर्नर अधिकारीले रेमिट्यान्समा समेत सुधार देखिँदै आएको बताए।
Shares
प्रतिक्रिया