ad ad

ग्लोबल


सामाजिक सञ्जालमा गरेको पोस्टको लागि ४५ वर्षको जेल सजाय

सामाजिक सञ्जालमा गरेको पोस्टको लागि ४५ वर्षको जेल सजाय

प्रतीकात्मक तस्बिर


नेपालखबर
भदौ १६, २०७९ बिहिबार ११:१, काठमाडौँ

साउदी अरेबियाले सामाजिक सञ्जालमा गरेको पोस्टको विषयलाई लिएर एक महिलालाई ४५ वर्षको जेल सजाय सुनाएको छ।

जानकारहरुका अनुसार साउदी अरेबियामा यस्तो प्रकृतिको यो दोस्रो मुद्दा हो। साउदी अरेबियाको एक आतंकवाद अदालतले नूरा बिन् सइद अल कहतानीलाई सामाजिक सञ्जालको माध्यमबाट सामाजिक संरचना बिगार्ने प्रयास गरेको र सरकारी आदेशको उल्लंघन गरेको मुद्दामा दोषी ठहर गरेको हो। 

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार महिलाले साउदी अरेबियाका नेताको आलोचना गरेकी थिइन्। यद्यपि सामाजिक सञ्जालमा गरिएको पोस्टको विषयमा भने अहिलेसम्म कुनै पनि जानकारी दिइएको छैन।

यसअघि अगष्ट ९ मा अर्की महिलालाई पनि ट्वीटरमा उनको गतिविधिको लागि ३४ वर्षको जेल सजाय सुनाएको थियो। ती महिला लीड्स युनिभर्सिटीमा पीएचडीको अध्ययन गरिरहेकी थिइन्। उनको नाम सलमा अल शेहाब बताइएको छ। 

उनलाई यसै वर्ष जनवरीमा साउदी अरेबियामा छुट्टी मनाउने समयमा गिरफ्तार गरिएको थियो। सलमा शेहाबलाई पनि सरकारी आदेशको उल्लंघनसहित अन्य धेरै आरोपमा दोषी ठहर गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .