भीषण बाढीका कारणमा पाकिस्तानमा ठूलो मात्रामा जनधनको क्षति भइरहेको छ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार पाकिस्तानको आधाभन्दा धेरै भाग अहिले बाढीको चपेटामा छ।
बाढीका कारण अहिलेसम्म ३ सय बालबालिकासहित हजारभन्दा धेरै जनाको मृत्यु भइसकेको छ।
डन अखबारका अनुसार बाढीका कारण ३ करोड ३० लाखभन्दा धेरै मानिस प्रभावित भएका छन्।
बाढीको असर सबैभन्दा धेरै सिन्ध, बलुचिस्तान र खैबर पख्तुनख्वाहमा देखिएको छ। बाढीका कारण अहिलेसम्म सिन्धमा सबैभन्दा धेरै ३३९ जनाको मृत्यु भएको छ।
यसैबीच पाकिस्तानमा आएको बाढीएको एउटा भयानक दृश्य सार्वजनिक भएको छ।
सामाजिक सञ्जालमा भेटिएको त्याे दृश्य हेर्नुहोस् :
Devastating flood in #Pakistan, already more than 1000 people dead. Look at the speed of the event and collapse of big building in seconds. Stay strong #Pakistan. Such events are increasing in the #Himalaya, we should learn lessons from these events as well. Source: Mesum Abbas pic.twitter.com/3tKSXvFDKl
— Dr. Subodh Dhakal (@SubodhDhakal) August 28, 2022
Shares
प्रतिक्रिया