ग्लोबल


युद्धको अन्त्य क्रिमिया स्वतन्त्र भएपछि हुन्छ : जेलेन्स्की

युद्धको अन्त्य क्रिमिया स्वतन्त्र भएपछि हुन्छ : जेलेन्स्की

नेपालखबर
साउन २५, २०७९ बुधबार १०:५०, काठमाडौँ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग जारी युद्ध क्रिमियालाई स्वतन्त्र बनाएपछि मात्र सकिने बताएका छन्।

रुसी सैन्य आधार क्याम्पमा विष्फोट भएको समाचारसँगै जेलेन्स्कीले क्रिमियाबाटै युक्रेन र रुसको युद्ध सुरु भएको र क्रिमियालाई स्वतन्त्र गरेपछि मात्र युद्ध सकिने बताएका हुन्। 

जेलेन्स्कीले क्रिमिया युक्रेनको भूमि भएको र त्यसलाई आफूले कहिले पनि त्याग्न नसक्ने उल्लेख गरेका छन्।

क्रिमिया आधिकारिक हिसाबमा युक्रेनको भागमा पर्छ। तर, सन् २०१४ मा रुसले उक्त भूमिमा आफ्नो अधिकार जमाएको थियो।

मंगलबार क्रिमियाको पश्चिमी क्षेत्रमा रहेको नोभोफेडोरिभ्कास्थित रुसी सैन्य आधार शिविरमा शृङ्खलाबद्ध विष्फोट भएका थिए।

बीबीसीका अनुसार मंगलबार कम्तीमा पनि १२ विष्फोट भएका थिए। क्रिमियामा रुसले नियुक्त गरेको स्वास्थ्यमन्त्रीका अनुसार उक्त घटनामा एक सर्वसाधारणको मृत्यु भएको थियो भने अन्य आठजना मानिसहरु घाइते भएका छन्। 

रुसी रक्षा मन्त्रालयले भने क्रिमियामा आक्रमण भएको नभई भण्डार गरी राखिएको बमबारुद विष्फोट भएको दाबी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad