ग्लोबल


जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हान्ने को हुन्?

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हान्ने को हुन्?

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हान्ने व्यक्ति पक्रिँदै प्रहरी। तस्बिर : सामाजिक सञ्जाल।


नेपालखबर
असार २४, २०७९ शुक्रबार १३:१५, काठमाडौँ

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई शुक्रबार गोली हानिएको छ। जापानको नारा सहरमा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला उनलाई आक्रमण गरिएको हो। 

घटनालगत्तै प्रहरीले गोली हानेको आरोपमा घटनास्थलबाट एक युवकलाई पक्राउ गरेको छ। आक्रमणकारीले पूर्वप्रधानमन्त्रीलाई पछाडिबाट गोली हानेका थिए। उनको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको छ।

घटना हुँदा पूर्वप्रधानमन्त्री आबे के गर्दै थिए? 
जापान टाइम्सका अनुसार पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई शुक्रबार स्थानीय समयानुसार बिहान ११ः३० बजे नारा सहरमा भाषण गरिरहेका बेला गोली हानिएको थियो। र्याली नारा सहरको यमातोसैदाइजी स्टेसननजिकै आयोजना गरिएको थियो।

प्रहरीका अनुसार घटनास्थलमा दुईवटा गोली चलेका छन्। पूर्वप्रधानमन्त्री आबेबाहेक अन्य केही व्यक्ति पनि घाइते भएको बताइएको छ। पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई पछाडि गोली लागेको छ।

को हुन् आक्रमणकारी? 

जापान टाइम्सका अनुसार शिन्जो आबेलाई गोली हान्ने संदिग्धको नाम तेत्सुया यामागामी हो। उनको उमेर ४१ वर्ष छ। उनी नारा सहरकै बासिन्दा हुन्। प्रहरीले उनीसँग बयान लिइरहेको छ। उनी जापानी नौसेनाका पूर्वसैनिक भएको बताइएको छ।

याे पनि‘गोलीले घाइते पूर्वप्रधानमन्त्री आबेको अवस्था चिन्ताजनक’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .