ad ad

ग्लोबल


अविरल वर्षापछि सिड्नीमा बाढी, हजारौं मानिसलाई सुरक्षित स्थानमा सर्न सुझाव

अविरल वर्षापछि सिड्नीमा बाढी, हजारौं मानिसलाई सुरक्षित स्थानमा सर्न सुझाव

नेपालखबर
असार २०, २०७९ सोमबार ८:११, काठमाडौँ

अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नी अविरल वर्षापछि ठूलो बाढीको चपेटामा परेको छ।

वर्षाका कारण हजारौं मानिसहरुलाई सुरुक्षित स्थानमा सर्न सरकारले सुझाव दिएको छ। पश्चिम सिड्नीमा आएको बाढीको कारण केही स्थानको सडक सम्पर्क टुटेको छ।

बाढीमा परी एकजनाको मृत्यु भएको छ भने १८ जनाको उद्धार गरिएको छ। न्यु साउथ वेल्सकी आपतकालीन सेवा मन्त्री स्टेफाइन कुकले  अहिले प्राणघातक आपतकालीन अवस्था उत्पन्न भएको बताएकी छिन्।

गत मार्च महिनामा पनि अष्ट्रेलिया बाढीको चपेटामा परेको थियो। त्यतिबेला बाढीको कारण २० जना मानिसको मृत्यु भएको थियो। जसमध्ये धेरैजसो मृत्यु न्यु साउथ वेल्समा भएको थियो। 

वर्षा जारी रहेको र प्रमुख ड्याम पनि भरिएर जाने अवस्थामा रहेकाले मानिसहरुलाई छोटो सूचनाको आधारमा सुरक्षित स्थानमा सर्न तयार भएर रहन स्टेफाइनले सुझाव दिएकी छिन्।

पछिल्लो २४ घण्टामा मात्र समग्रमा ८३ जना मानिसको उद्धार गरिएको उनको भनाइ छ।

स्टेफाइनले आवश्यक कामका लागि मात्र यात्रामा जान पनि मानिसहरुसँग आग्रह गरेकी छिन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .