ad ad

ग्लोबल


युक्रेनको ओडेसा क्षेत्रमा रुसी मिसाइल आक्रमणमा परी २१ जनाको मृत्यु

युक्रेनको ओडेसा क्षेत्रमा रुसी मिसाइल आक्रमणमा परी २१ जनाको मृत्यु

नेपालखबर
असार १८, २०७९ शनिबार ८:३९, काठमाडौँ

युक्रेनको ओडेसा क्षेत्रमा रुसले गरेको मिसाइल आक्रमणबाट कम्तीमा २१ जनाको मृत्यु भएको छ।

युक्रेनका अधिकारीहरुका अनुसार रुसी मिसाइलमा परी ज्यान गुमाउनेमा एक बालक पनि रहेका छन्।

शेर्हियिभ्का गाउँस्थित नौ तलाको भवनलाई लक्षित गरी एउटा आक्रमण गरिएको थियो।

सो आक्रमणमा परी १६ जनाको मृत्यु भएको थियो। त्यस्तै सोही गाउँको एक रिसोर्टमा भएको आक्रमणमा परी एक बालकसहित पाँचजनाको मृत्यु भएको छ। 

पछिल्लो केही दिनयता रुसले युक्रेनमाथि दर्जनभन्दा धेरै मिसाइल प्रहार गरिसकेको छ।

शुक्रबार रुसका प्रवक्ता दिमित्री पेशकोभले युक्रेनमा आम नागरिकलाई लक्षित गरी कुनै पनि आक्रमण नगरिएको दाबी गरेका छन्।  

उक्त गाउँका स्थानीयले भने यो स्थान शान्त रहेकाले यस किसिमको आक्रमणको अपेक्षा पनि नरहेको बताएका छन्। 

गत फेब्रुअरी २४ यता रुसले निरन्तर युक्रेनमाथि आक्रमण गर्दै आएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .