ad ad

ग्लोबल


सिरियाको जेलमा आक्रमण, कम्तीमा १२० जनाको मृत्यु

सिरियाको जेलमा आक्रमण, कम्तीमा १२० जनाको मृत्यु

नेपालखबर
माघ ११, २०७८ मंगलबार १३:१८, काठमाडौँ

सिरियामा अमेरिका समर्थित कुर्दिस फोर्स र आईएसबीचको युद्धमा कम्तीमा १२० जनाको मृत्यु भएको छ।

अल जाजिराका अनुसार सिरियाको जेलमा भएको आक्रमणपछि दुई पक्षबीच युद्ध सुरु भएको हो। हेसाकेह सहरमा रहेको जेलमा सो आक्रमण भएको हो। 

बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार ७७ आईएसका लडाकु र ३९ कुर्दिस लडाकुको मृत्यु भएको छ।

जसमा आन्तरिक सुरक्षाकर्मी, जेलका सुरक्षाकर्मी र आतंकवादविरोधी सुरक्षा बल  पनि रहेका छन्। यो युद्ध गत बिहीबारदेखि सुरु भएको हो।

युद्धमा थप सातजना आम नागरिक मारिएका छन्। जेलमा भएको आक्रमणपछि भागेका ११० कैदीहरु पुनः समातिएको कुर्दिसको नेतृत्वमा रहेको सिरियन डेमोक्रेटिक फोर्सले बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .