ad ad

ग्लोबल


चिनियाँ सैनिकले फेला पारे अरुणाचलबाट हराएका भारतीय किशोर

चिनियाँ सैनिकले फेला पारे अरुणाचलबाट हराएका भारतीय किशोर

नेपालखबर
माघ ९, २०७८ आइतबार १५:५८, काठमाडौँ

सीमा क्षेत्रबाट हराएका एक भारतीय किशोर आफूहरुले फेला पारेको चिनियाँ सेनाले जनाएको छ। 

ती किशोरलाई फिर्ता ल्याउने प्रक्रिया सुरु भएको भारतीय सेनाका जनसम्पर्क अधिकारी लेफ्टिनेन्ट कर्णेल हर्षबर्धन पाण्डेको भनाइ उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

यसअघि अरुणाचल प्रदेशका १७ वर्षीय मिरान तारोनलाई चिनियाँ सेनाले अपहरण गरेको आरोप सत्तारुढ भारतीय जनता पार्टीका सांसद तापिर गाओले बुधबार लगाएका थिए। 

तर, यससम्बन्धमा केन्द्र सरकारले केही बताएको थिएन। भारतीय सेनाले भने हराएका किशोरको खोजीमा सघाउन चिनियाँ पक्षलाई आग्रह गरिएको बताएको थियो। 

फेला परेका किशोर तारोन नै हुन् कि होइनन् भनेर पहिचान गर्ने काम चिनियाँ सेनाले गरिरहेको बताइएको छ।

उनलाई फर्काउन एक सातासम्म लाग्नसक्ने जनाइएको छ। एजेन्सी 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .