ग्लोबल


अफगान अधिकारीलाई नबोलाई भारतले आयोजना गर्‍यो अफगानिस्तानबारे क्षेत्रीय संवाद

अफगान अधिकारीलाई नबोलाई भारतले आयोजना गर्‍यो अफगानिस्तानबारे क्षेत्रीय संवाद

नेपालखबर
कात्तिक २४, २०७८ बुधबार १५:५०, काठमाडौँ

भारतले अफगानिस्तानबारे विभिन्न मुलुकका राष्ट्रिय सुरक्षा सल्लाहकार सहभागी दिल्ली क्षेत्रीय सुरक्षा संवाद नामक बैठक आयोजना गरेको छ। 

भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको निमन्त्रणामा बैठकमा रुस, इरान, उज्बेकिस्तान, तुर्कमेनिस्तान, ताजिकिस्तान, कजाकस्तान र किर्गिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार सहभागी छन्।

तर, बुधबारको बैठकमा अफगानिस्तानका अधिकारीहरुलाई पनि निम्त्याइएको छैन। सो बैठकमा सहभागी हुन पाकिस्तान र चीनले अस्वीकार गरेका छन्।

‘यो हामीबीच निकट परामर्श गर्ने समय हो,’ डोभालले बैठक सुरु गर्दै भने। बैठकले अफगानिस्तानसम्बन्धी सुरक्षा चुनौतीलाई सम्बोधन गर्ने र शान्ति, सुरक्षा र स्थायित्व प्रबद्र्धन गर्न अफगान जनतालाई सघाउने भारतीय विदेश मन्त्रालयलेले जनाएको छ।

बैठकले काबुलमा समावेशी सरकार निर्माणका लागि आह्वान गरेको छ। त्यस्तै अफगानिस्तानलाई आतंकवादीको प्रश्रयस्थल बन्न नदिन तथा सबैको आधारभूत अधिकारको रक्षा गर्न पनि आह्वान गरेको छ।

उनीहरुले बुधबारै प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेटेका छन्।

पाकिस्तानले भने अफगानिस्तानको मामिलामा भारत शान्ति कायम गर्ने शक्ति नभई शान्ति भंग गर्ने शक्ति भएकाले उसले आयोजना गर्ने बैठकमा सहभागी नहुने जनाएको हो। 

यो बैठकलाई अफगानिस्तानमा आफ्नो रणनीतिक स्वार्थ रक्षा गर्ने भारतको प्रयासका रुपमा हेरिएको छ। अफगानिस्तानमा तालिबान विजयी भएपछि पाकिस्तान र चीनको प्रभाव बढेको र भारत खेलबाट बाहिरिएको विश्लेषण गरिँदै आएको थियो।

तालिबानको शक्ति बढ्दै गए पाकिस्तानलाई फाइदा हुने र भारत नियन्त्रित कस्मिरमा समेत हिंसा चर्किने डर नयाँ दिल्लीलाई छ। एजेन्सी 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad